• info@nhpcl.com
  • 15172683, 15172685

शेयरधनीको प्रश्नैपश्नबीच नेशनल हाइड्रोपावरको सधारणसभा सम्पन्न ।

अर्थ संसार 2020 Jul 13

शेयरधनीको प्रश्नैपश्नबीच नेशनल हाइड्रोपावरको सधारणसभा सम्पन्न ।

अर्थ संसार, काठमाडौं– नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा (आज) सोमबार सि.एम.डि फुडल्याण्डमा सम्पन्न भएको छ । पछिल्लो समयमा कम्पनी राम्रो प्रगतिको पथमा हिडेपनि संचालकले कम्पनीको आम्दानी सहायक कम्पनीमा लगानी गर्दा शेयरधनीलाई लाभांश दिन नसकेको शेयरधनीको आरोप छ । 'साधारण सभामा संचालक समितिका सदस्य नै छैन' शेयरधनी शिवप्रसाद पौडलेले भने-'विगत तीन वर्षदेखिको साधारणसभा उपस्थिति छैन, किन ? साधारणसभामा नआउनेले कम्पनीको हितको लागि के काम गर्ला, त्यस्ता व्यक्तिले पद मात्रै ओगटेर बस्नु भनेको कम्पनीलाई डुवाउने हो ।'




विद्युत उत्पादन वृद्धि गर्नका लागि नयाँ टरबाइन रनर, जेनेरेटर ओभरहल, बालुवा फ्लसिङ्ग गर्ने समयन्त्रहरु जडान र सिभिल मर्मतका कार्यहरु सम्पन्न गरेकाले विद्युत उत्पादनमा वृद्धि भएको कम्पनीको भनाई छ। विद्युत बिक्रीबाट आम्दानी बढेसँगै हाइड्रोपावरको नाफा समेत सुधार भएको छ। हाइड्रोपावरले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३७ लाख ७३ हजार रुपैयाँ बढी हो।

आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावरले एक करोड ३५ लाख रुपैयाँ प्रत्यक्ष खर्च गरेको देखिन्छ भने ४१ लाख ४१ हजार रुपैयाँ कम्पनीको सञ्चालन खर्च रहेको छ। एक अर्ब ३८ करोड ५९ लाख चुक्ता पूँजी रहेको यस हाइड्रोपावरकोे जगेडा कोष ३६ करोड ३३ लाख २० हजार रुपैयाँले ऋणात्मक देखिन्छ। वित्तीय विवरण अनुसार हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.२६ गुणा रहेको छ।