• info@nhpcl.com
  • 15172683, 15172685

नेशनल हाईड्रोले पूर्ण क्षमतामा बिद्युत उत्पादन गर्न जडान गर्यो नर्वेको अत्याधुनिक प्रबिधि।

Merolagani 2017 Apr 16

नेशनल हाईड्रोले पूर्ण क्षमतामा बिद्युत उत्पादन गर्न जडान गर्यो नर्वेको अत्याधुनिक प्रबिधि।

नेशनल हाइड्रो पावर कम्पनी (NHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो १ करोड १६ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा १ करोड ६ लाख रुपैयाँले बढि हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४७ पैसा प्रति शेयर नेटवर्थ ६९ रुपैयाँ ४२ पैसा र मुल्य आम्दानी अनुपात १०.५८ गुणा छ ।