• info@nhpcl.com
  • 15172683, 15172685

एमसीसी फिर्ता भए ७ हजार मेगावाट जलविद्युतमा भएको लगानी जोखिममा: सञ्चालक कुमार पाण्डेको विचार

क्यापिटल नेपाल बुधबार, माघ २९, २०७६

केही वर्षभित्रै सेयर बजारमा हाइड्रोपावरको वर्चस्व हुने छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भनेको संसारका विभिन्न मुलुकहरुमा विकासको काम छिटो सुरु गर्नका लागि स्थापना गरेको अमेरिकी संस्था हो । यूएसएआईडीको काम कर्मचारीतन्त्रले गर्दा धेरै ढिलो हुँदा विकासका काम प्रभावित भएको भन्दै अमेरिकाले यसको विकल्पमा एमसीसीको स्थापना गरेको हो । विकासन्नोमुख देशमा नयाँ अवधारणाअनुसार छिटो पुर्वाधारको विकास गर्नु एमसीसीको मुल लक्ष्य हो ।

एमसीसीबाट सहयोग लिन प्रतिस्पर्धामा भाग लिनुपर्छ । नेपालले भाग लिएर प्रतिस्पर्धाबाट ५० अर्ब रुपैयाँ बढीको अनुदान सहयोग पाएको हो । एमसीसीको सहयोग पाउन विभिन्न सूचकहरु पुरा गर्नुपर्छ । लोकतन्त्र, सुशासन र मानवअधिकार जस्ता महत्वपुर्ण सूचकलाई हेरेर अमेरिकाले सहयोग गर्छ ।

सन २०१४ मा नेपाल एमसीसीबाट अनुदान पाउने मुलुकको रुपमा छनौट भएको हो । त्यसपछि अमेरिकाले आवश्यक पुर्वाधारका योजना प्रस्ताव गर्न अमेरिकाले भन्यो । नेपालले सडक र बिजुली प्रवाह गर्न ठुला प्रसारणलाइन बनाउने प्रस्ताव गर्यो । यो नेपालका लािग आवश्यक थियो । ४० अर्ब रुपैयाँ विद्युत प्रसारणलाइन बनाउन खर्च हुने छ । बाँकी रकम भने सडक पुर्वाधारमा खर्चिने एमसीसीको योजना छ । एमसीसीको मुख्य लक्ष्य पुर्वाधारमा लगानी गर्ने हो । पुर्वाधारमा लगानी गर्न अनुदान पाइन्छ । यो नेपालका लागि फाइदाको कुरा हो ।

अहिलेसम्म ५ ओटा सरकारले एमसीसीको स्वामित्व ग्रहण गरिसकेका छन् । एमसीसी समय निश्चित गरिएको आयोजना हो । निर्धारित समयमा काम नसकिए पनि एमसीसीले बाँकी रकम फिर्ता लैजाने छ । सन् २०२५ सम्म सकिएन भने एमसीसी फिर्ता जान्छ र बाँकी काम नेपालले गर्नुपर्छ । एमसीसी ५ वर्षे योजना हो ।

सडक र प्रसारणलाइन पुर्वाधारबाट दुई तिहाइ जनसंख्या लाभान्वित र व्यापार वृद्धि हुने भएकाले एमसीसी चाहिन्छ भनेर नेपालले मागेको हो । अहिलेसम्म ५ ओटा सरकारले एमसीसीको स्वामित्व ग्रहण गरिसकेका छन् । एमसीसी समय निश्चित गरिएको आयोजना हो । निर्धारित समयमा काम नसकिए पनि एमसीसीले बाँकी रकम फिर्ता लैजाने छ । सन् २०२५ सम्म सकिएन भने एमसीसी फिर्ता जान्छ र बाँकी काम नेपालले गर्नुपर्छ । एमसीसी ५ वर्षे योजना हो ।

कुरो नबुझी विरोध


विवादमा आउनुका विभिन्न कारणहरु होलान । तर नेपालमा कुरा नबुझेर नै एमसीसीको विरोध भएको हो । नेपालमा एमसीसी कार्यान्वयनको अर्को रुप तयार भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समितिका रुपमा एमसीसी सञ्चालनमा आएको छ । दुई वर्षदेखि विकास समितिका रुपमा १० जिल्लामा काम अघि बढी सकेको छ । आउँदो साउनदेखि काम अघि बढाउन निश्चित मितिसमेत तोकिइसकेको छ । एमसीसी नेपालले मागेको हुनाले यो नेपालको स्वार्थमा छ । यसबाट आउँदा दिनमा नेपालको आर्थिक तथा सामाजिक परिवर्तनको अपेक्षा गरिएको छ । देशको दीर्धकालिन विकासको काम अघि बढ्ने छ ।

एमसीसीले पुर्वाधारको आधार तयार गर्छ । बिजुलीको व्यापार गर्न लाइन बन्न्ने छ । सडक विस्तार हुने छ । देशको केन्द्रीय भाग भैरहवा–बुटवदेदखि पोखरा नजिक हुँदै काठमाडौं आएर हेटौडासम्म प्रसारणलाइन बन्ने छ । यो प्रसारणलाइन वीरगञ्जसम्म पुग्ने छ । प्रसारणलाइनले लोडसेन्टरमा धेरै बिजुली आपूर्ति गर्ने छ । गण्डकी, मस्र्याङदी र त्रिशुली वेसिनमा उत्पादन हुने सबै बिजुली खपत केन्द्रसम्म पुग्ने छ ।

सबैभन्दा बढी बिजुली उत्पादन हुने क्षेत्र यही नै हो । एमसीसीमार्फत बन्ने प्रसारणलाइनले नै बिजुली बोर्डरसम्म पुर्याउने छ । सरकारले प्रसारणलाइन बनाइ, व्यापार र बढीभन्दा बढी जनसंख्यालाई बिजुली उपलब्ध गराउन लिएको लक्ष्यलाई पुरा गर्ने छ । यो योजनालाई अन्यथा लिनु हुँदैन ।

अमेरिकी सेना आउने कुरा वाहियात हो । एमसीसीको कुनै पनि बुँदामा अमेरिकी सेना नेपाल आउने कुरा लेखिएको छैन । त्यसको कुनै छनक पनि छैन । कल्पना गर्नु एउटा कुरा हो । जुनकुरा लेखिएको छैन, स्वीकार गरिएको छैन, अन्दाजका भरमा सेना आउँछ भन्नु वाहियात हो । सेना आउने संभावना छैन । र, आउँदैन पनि ।

अमेरिकी सेना आउने कुरा वाहियात


एमसीसीबाट नेपालमा अमेरिकी सेना आउने हल्ला चलेको छ । अमेरिकी सेना आउने कुरा वाहियात हो । एमसीसीको कुनै पनि बुँदामा अमेरिकी सेना नेपाल आउने कुरा लेखिएको छैन । त्यसको कुनै छनक पनि छैन । कल्पना गर्नु एउटा कुरा हो । जुनकुरा लेखिएको छैन, स्वीकार गरिएको छैन, अन्दाजका भरमा सेना आउँछ भन्नु वाहियात हो । सेना आउने संभावना छैन । र, आउँदैन पनि ।

राजनीतिक दलका जिम्मेवार व्यक्तिले गैरजिम्मेवारी बोलेपछि एमसीसीमा राजनीति घुस्यो । जिम्मेवार व्यक्तिले सत्य बोल्नु पर्नेमा गैरजिम्मेवारी बोल्ने काम भएको छ । कागजातको अध्ययन गर्नुपर्छ । कागजातमा नभएको कुरा उठाएर विरोध गर्नुहुँदन । सबैकुरा डकुमेन्टमा राखिएको छ । विरोध गर्ने सबैले एक पटक डकुमेन्टको अध्ययन गर्नुपर्छ ।

प्रचण्डदेखि केपी ओली सरकारले स्वामित्व लिएको एमसीसी हो । उहाँहरुको दलका केही नेताहरुले एमसीसीको विरोध गर्नु भएको छ । अमेरिका जाँदा त्यही डकुमेन्ट ठिक हुने, पछि त्यही गलत, यो कसरी हुन्छ ? उहाँहरुको आन्तरिक राजनीतिक होला । चीनप्रति केही नरम हुने होला । तर हामीले एमसीसीलाई विशुद्ध आर्थिक मुद्धाको रुपमा लिनुपर्छ ।

यो राजनीतिक हैन । एमसीसी आएन भने केन्द्र भागमा बन्ने प्रसारणलाइनका साथै विभिन्न ठुला सडक आयोजना प्रभावित हुन्छन । कालिगण्डकी, मस्र्याङदी र त्रिशुली करिडोरबाट बिजुली प्रवाहमा समस्या आउने छ । निजी लगानीकर्ताको ७ हजार मेगावाटमा भएको खर्बौ रुपैयाँ लगानी जोखिममा पर्छ । ७ हजार मेगावाटका आयोजना वर्षौ पछि धकेलिने छन । भारतमा बिजुली बेच्ने हाम्रो योजना हराउने छ ।


यदी एमसीसी पारित भएन भने हाम्रो विश्वसनियता संसारमा शुन्य हुने छ । दाताहरुले दिने सहयोग राशी घट्ने संभावना छ । हामी आफैले माग्ने, आफैले ग्रहण गर्ने र, केही समयपछि हामीलाई चाहिँदैन भनेर विरोध गर्ने ? यो जस्तो गैरजिम्मेबारी के हुन सक्छ ? त्यसैले यस्तो व्यवहारले दीर्धकालनमा असर पर्छ । नेपाल अनुदान मागेर र ऋण लिने चल्ने मुलुक हो ।

दाताले विश्वास गर्दैनन


यदी एमसीसी पारित भएन भने हाम्रो विश्वसनियता संसारमा शुन्य हुने छ । दाताहरुले दिने सहयोग राशी घट्ने संभावना छ । हामी आफैले माग्ने, आफैले ग्रहण गर्ने र, केही समयपछि हामीलाई चाहिँदैन भनेर विरोध गर्ने ? यो जस्तो गैरजिम्मेबारी के हुन सक्छ ? त्यसैले यस्तो व्यवहारले दीर्धकालनमा असर पर्छ । नेपाल अनुदान मागेर र ऋण लिने चल्ने मुलुक हो । उठ्ने राजश्वले कर्मचारीको तलव खुवाउन समेत पुग्दैन । त्यसमाथि राजश्व कम उठ्न थालेको छ । ऋण र अनुदान लिएर देशको विकास गर्ने हो । पिपलपाते कुरा गरेर कसले पत्याउँछ । दाताहरुको विश्वसनिता गुम्यो भने आगामी दिनमा पाउने अनुदान र ऋणमा ठुलो असर गर्ने छ । यसमा हामी धेरै सचेत हुनुपर्छ ।

अन्तमा एमसीसी नेपालको हितमा छ, यसलाई अनुमोदन गर्नुपर्छ । धेरै विवाद पहिला नै भएको छ । पहिला पनि धेरै छलफल भएर आएको कम्प्याक्ट हो । शर्तविना दाताले ऋण तथा अनुदान दिदैनन । यो कुरा सत्य हो । हामीले विश्व बैंक, एसियाली विकास बैंकबाट लिएको ऋणको शर्तहरु छन । नभएका कुरा उठाएर एमसीसीलाई फिर्ता पठाउने काम गर्नु हुँदैन ।

नेपालमा कानूनका कारण आयोजना ढिला हुन्छ । हाम्रो खरिद प्रक्रिया, काम गर्ने शैली र विभिन्न कानूनले गर्दा आयोजना ढिलो भएका छन । कानूनले गर्दा आयोजना ढिलो नहोस भनेर संसदबाट पारित गर्नुपर्ने व्यवस्था गरिएको हो । संसदबाट पारित भएका कानून नै वाधक भएको अवस्थामा यो आयोजना ढिलो नहोस भनेर कानूनी रुप दिन यस्तो व्यवस्था एमसीसीमा गरिएको हो । नेपालले लेखापरीक्षण हेर्न नपाउने भन्ने कुरा गलत हो । महालेखाले आफनो लेखापरीक्षण गर्ने छ । दाताले आफुले दिएको पैसामा अडिट गर्ने छ । यो अर्थ मन्त्रालयबाट आउने योजना हो । अर्थसचिव बोर्डको अध्यक्ष हुने प्रावधान छ । ठुला प्रसारणलाइन बन्ने छन । विद्युत प्रवाह हुने छ । यसमा के को पेटेन्ट राइट ?

(पाण्डे मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समितिका सञ्चालक हुन)
तस्वीरः नाजिया श्रेष्ठ
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ १३:४९